काठमाडौँ । सुनको मूल्यमा आइतबार एक हजार सात सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालले जानकारी गराएको छ । शुक्रबार प्रतितोला एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ६७ हजार दुई सय कायम भएको छ ।