काठमाडौं । मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुँदै । यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण गरिनुका साथै, इ–सेवा मनि ट्रान्सफर र इ–सेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ ।
इ–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्ने हेतुका साथ दुई वर्षअघि सुरु गरेको मेरो डिजिटल देश अभियानले १४ महिनाअघि (असोज १, २०८०) पुनः निरन्तरता पाउँदै काठमाडौंमा घर उपहार दिने विशेष योजना सार्वजनिक गरेको थियो । सो योजनाअन्तर्गत विदेशबाट इ–सेवा मनि ट्रान्सफरमार्फत इ–सेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीहरूमध्ये एकजना भाग्यशाली विजेताले काठमाडौंमा घर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । यो अवधिभर १० जना भाग्यशाली विजेताले आफूले पठाएको रकम दोब्बर गरिसकेका छन भने ४ परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।
इ–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘मेरो डिजिटल देश’ अभियानद्वारा हामीले देश तथा विदेशमा रहनुभएका नेपालीहरूको अनुहारमा खुसी ल्याउने सानो प्रयास गर्यौँ र यसै क्रममा हामी अहिले काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको पर्खाइमा छौँ । हाम्रो यो योजनाको मुख्य उद्देश्य भनेको सहज र सुरक्षित तवरले डिजिटल माध्यमबाट तपाईंहरूले पठाउनु भएको माया घरसम्म पुर्याउनु हो ।’