काठमाडौं । नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक गरिएको छ । नेपालमा एलजी उत्पादनका आधिकारिक आयातकर्ता तथा वितरक सिजी इलेक्ट्रोनिक्सले ४३ इन्च, ५५ इन्च र ६५ इन्चका साइजमा नयाँ एलजी नानोसेल टीभी सार्वजनिक गरेको हो ।
यो नयाँ थप टीभीले नेपालमा उपलब्ध एलजीको उन्नत टेलिभिजन मोडेलहरूको दायरा बढाएको जनाइएको छ । यसमा ३२ देखि ८६ इन्चसम्मका ओएलईडी टीभी, क्युएनईडी टीभी, युएचडी टीभी र स्मार्ट टीभीहरू समावेश छन् । एलजीको नानोसेल टीभीहरूमा विशेष नानोसेल लेयर प्रयोग गरिएको छ, जुन प्रविधिले उन्नत रङको शुद्धताका साथ तस्वीरको गुणस्तरमा क्रान्ति ल्याएको छ । यसको न्यानोपार्टिकल्सले सुस्त टोनहरू फिल्टर गरेर तीक्ष्ण टोनहरूबाट गहिरो, जीवन्त रङहरू प्रदान गर्ने जनाइएको छ । आईपीएस प्रविधिमा निर्माण गरिएको नानोसेल डिस्प्लेहरूले टोनहरूको दायरा विस्तार गर्नेछ । नानोसेल टीभीले जीवन्त रङ र फराकिलो स्क्रिन कोणहरू प्रदान गर्ने र दिनको समयमा हेर्नका लागि उत्कृष्ट भएकाले यसलाई ओएलईडी टीभीको किफायती विकल्पको रूपमा लिन सकिन्छ ।
अत्याधुनिक फोरके नानोसेल अल्फा फाइभ एआई प्रोसेसर जेन सेवेन टेक्नोलोजीले सुसज्जित यी नानोसेल टीभीहरूले जीवन्त तस्वीर गुणस्तरका लागि एआई–सञ्चालित फोरके अपस्केलिङ, एआई ब्राइटनेस कन्ट्रोल र नानो कलरको साथ इमर्सिभ दृश्य अनुभव प्रदान गर्ने जनाइएको छ ।