काठमाडौँ । अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा राष्ट्रपति रामचन्द्र पौडेलले चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

पूर्व उपसभामुखसमेत रहेकी यादवलाई नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत पदमा नियुक्त गेको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गरेको जानकारी दिइन् ।