काठमाडौँ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको अनावरण गरेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका साथमा सहभागी ८ टिमका मार्की खेलाडीहरुले सोमबार बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।