काठमाडौँ । आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालये सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको जनाएको छ ।

यसअघि आजै चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री र मन्त्रीहरूसँग छलफल गरेका थिए ।