काठमाडौं, असार २६
ज्योति विकास बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकल श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले यही आउँदो साउन सात गते बुधबारदेखि आफ्नो कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका भट्टको बैंक, बीमा र रेमिट गरी आर्थिक क्षेत्रमा दुुई दशकभन्दा बढीको अनुभव रहेको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेगा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यभार सम्हालेका थिए । भट्टको विभिन्न क्षेत्रमा उच्चस्तरीय र सशक्त अनुभव रहेको छ ।
हाल ज्योतिले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३५ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३० अर्ब रुपैयाँ लगानी गरेको छ ।