काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन १५ अंकले उकालो लागेको नेप्से परिसुचक आज मंगलबार पुन ३३ दशमलव ४१ अंकले उकालो लागेर २७ सय १६ दशमलव ६६ बिन्दुमा उक्लिएको छ । यसैगरी कम बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५० अंकले उकालो लागेर चार सय ७७ दशमलव ५७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ७५ हजार पाँच सय ७२ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार नौं सय ८७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।