काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न भएको छ । सोमबार कार्यक्रकममा पार्टी उपसभापति डोल प्रसाद अर्याल, बाग्मती प्रदेश सभापति अचूतम लामिछाने, केन्द्रिय बिभागका नेताहरु ,प्रदेश, क्षेत्र निर्बाचन समिति, काठमाडौं धादिङ सम्पर्क बिभागका सदस्य पदाधिकारी, पालिका प्रतिनिधि, पालिका तथा नगर का कार्यसमिका सदस्यहरुको उपस्थति रहेको थियो ।
सम्पन्न भेलाले जिल्ला कार्यसमिति गठन गरेको छ । जिल्ला सभापतिमा सुर्यमणि पाठक,जिल्ला उपसभापति गोपाल गुरुङ,सचिब)मिन बहादुर अधिकारी,सह सचिब राम भण्डारी र सदस्यहरू लिला श्रेष्ठ ,प्रेम प्रसाद अर्याल,रन्जन श्रेष्ठ,श्रिराम आचार्य र श्रबण कुमार त्रिपाठी चयन भएको जिल्ला सचिब मिन बहादुर अधिकारीले बताएका छन् ।