काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो ३३ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन ३९ दशमलव ७० अंकले उकालो लागेर २७ सय ५६ दशमलव ३६ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३१ अंकले उकालो लागेर चार सय ८० दशमलव ८९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ८९ हजार पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७१ लाख ८३ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।