काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रकंलाईन विवादमा बक्यौता रहेका उद्योगका संचालकहरुको घरमा लाइन काट्ने तयारी गरेको छ । विद्युत नियमन आयोगलाई प्राधिकरणले एक पत्र पठाउदैँ घरमा लाइन काट्ने सहमतिका लागि सहमति हुन पत्राचार गरेको बुझिएको छ ।
प्राधिकरणले नियमन आयोगलाई लेखेको पत्रमा ‘नेपाल विद्युत वितरण नियमावली,२०७८ को विनियम ३१ को उपविनियम (१) र उपविनियम (३) मा भएको व्यवस्था बमोजिम बक्यौता असुल उपर गर्ने दायित्व बोकेको प्राधिकरणले बक्यौता महसुल रहेका सम्बन्धित उपभोक्ता (संस्थारकम्पनी) का सञ्चालकहरुको आवासमा समेत लाइन काटी असुल उपर गर्नुपर्ने’ उल्लेख गरिएको छ।