काठमाडौं । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टीभीएस आईक्युबका तीन वटा भेरिएन्टहरू छ आकर्षक रङहरूमा उपलब्ध हुनेछन् ।
नयाँ भेरिएन्टको लन्चसँगै टीभीएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको सुरुवाती मूल्य दुई लाख ९९ हजार नौ सय रुपैयाँ रहेको छ । कम्पनीका अनुसार टीभीएस आईक्युब तीन प्रमुख सिद्धान्तहरू पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजताबाट प्रेरित छ । पावर अफ चोइसअन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरू रहेका छन् । पूर्ण एसुरेन्सअन्तर्गत सवारी सुरक्षा र फुल ओनरसिप अनुभव रहेको छ भने प्रयोगमा सहजताअन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरू रहेका छन् ।