काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै ४० अंकले उकालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने आठ दशमलव ३० अंकले ओरालो लागेर २७ सय ४८ दशमलव शुन्य दशमलव शुन्य पाँच बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३८ अंकले ओरालो लागेर चार सय ७७ दशमलव ५० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको ८३ हजार एक सय २८ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ६६ लाख ६३ हजार तीन सय ५५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल करोबार रकम आठ अर्ब ५४ करोड ५५ लाख २५ हजार तीन सय ७३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बिकास बैंक, जीवन बीमा र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।