काठमाडौ । विद्युतीय निर्माण सामग्री क्षेत्रको अग्रणी एकंर वाई पानासोनिकले आफ्नो नवीनतम आविष्कार, जिभा स्विच सकेटका उत्पादनलाई नेपाली बजारमा सार्वजनिक गरेको छ ।
कम्पनीले हयात प्लेस, काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गरी सो उत्पादन सार्वजानिक गरेको हो । सो कार्यक्रममा एक सय ५० प्रमुख विक्रेता र उद्योगका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एंकर बाई पानासोनिकका प्रतिनिधिहरूल जिभा उत्पादनका स्विच सकेटहरूको बारेमा जानकारी गराएका थिए । उनीहरूले वस्तुको गुणस्तर, नवीनता, र खुद्रा विक्रेता र उपभोक्ताहरूलाई समानरूपमा मूल्य प्रदान गर्न ब्रान्डको प्रतिबद्धतालाई जोड दिएका थिए ।