काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २३ करोड ७४ लाख ८७ हजार सात सय ७७ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २२ करोड ११ लाख ६० हजार एक सय ५५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुई अर्ब ९७ करोड ७१ लाख ७२ हजार एक सय रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा ३४ अर्ब ७९ करोड ४४ लाख ११ हजार छ सय दुई रुपैयाँ निक्षेप सङ्कलन गरी ३६ अर्ब ४८ करोड ७४ लाख ८२ हजार नौ सय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६७ करोड ९८ लाख ४७ हजार २९ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ३३ अर्ब ७२ करोड ७३ लाख पाँच हजार छ सय ५७ रुपैयाँ निक्षेप सङ्कलन गरी ३४ अर्ब ९० करोड ३४ लाख २५ हजार छ सय २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७२ करोड ८४ लाख १० हजार सात सय ३४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।