काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्स ८ विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन मात्र जोडेको थियो । विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक ५५ रन प्रहार गरेपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् ।
१२८ रनको लक्ष्य पाएको जनकपुरले २ विकेट गुमाएर १५.३ ओभरमा पुरा गर्न सफल भयो । जनकपुरका लागि लाहिरु मिलन्थाले नटआउट ७५ रन, हर्स थाकर नटआउट २९ रन प्रहार गरि टिमलाई जित दिलाए ।
विराटनगरका लागि प्रतिश जि.सीले १ विकेट र क्रिस सोलले १ विकेट लिए । जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक÷एक विकेट हात पारे ।