काठमाडौँ । फर्जि कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको मुद्दामा प्रतिवादी कायम गरिएका अध्यागमनका ९ अधिकृतहरूले सफाइ पाएका छन् ।
सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो रहेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनेदन गरेको आरोप लागेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राम प्रसाद शर्माको इजलासले उनीहरूलाई सफाइ दिएको हो। लिखत किर्ते तथा संगठित अपराध सम्बन्धी कसुरमा ४ जनालाई भने कसुरदार कायम गरिएको छ । कसुरदार हुनेहरुमा गिता शाह, अरुण दाहाल, सरोज कुमार यादव र गणेश पाण्डे रहेका छन् ।