काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल शनिबारदेखि सुरु भएको छ । उक्त एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि एनसेलले सधंै अन, डेटा र भ्वाइसमा तीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरू सञ्चालनमा ल्याएको छ ।
यी अफरहरूअन्तर्गत अनलिमिटेड युट्युब र अनलिमिटेड डेटाका साथ एनपीएलभर अनलाइनमार्फत खेलको मजा लिन सकिनेछ । यसका साथै अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरू लिनेले एनपीएलका खेलहरू प्रत्यक्ष मैदानमा नै हेर्न टिकटलगायत अन्य आकर्षक उपहार पनि जित्न सक्नेछन् । सधैँ अन प्याकअन्तर्गत ३९९ रुपैयाँदेखि एक हजार चार सय ९९ रुपैयाँसम्मको कुनै पनि प्याकको खरिद गरी युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाइनेछ । त्यसैगरी डेटा सेवा आवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । कम्पनीका अनुसार ५० रुपैयाँमा एक दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सकिनेछ । यस्तै, एक सय २५ रुपैयाँमा तीन दिन, १९९ रुपैयाँमा सात दिन र नौ सय ९९ रुपैयाँमा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरू हेर्न सकिनेछ ।
भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । सात दिनको लागि एक सय ४९ रुपैयाँ र २८ दिनका लागि चार सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस सेवा लिन सकिन्छ । यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएसमार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्विल’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्विल घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, एक जीबी डेटा र एक दिनको समयसीमा रहेको ५० रुपैयाँ, एक सय रुपैयाँ क्यासब्याक वा १०० अन–नेट एसएमएस पाउनेछन् ।