रोल्पा। रोल्पाको सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल (रिटेनिङवाल) भत्किँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकमध्ये दुई महिला र दुई पुरुष गरि चार जनाको शव निकालिएको छ ।

थप एक जनाको भने खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । रोल्पाको मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो।