काठमाडौं, असार २८
विभिन्न बहानामा युवतीहरुको मोबाइल चोरी गरेर बेच्ने व्यक्ति पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न रहेको आधारमा राजकुमार दनुवारलाई पक्राउ गरेको हो । चोरीको आरोपमा बुुधबार सामाखुसीबाट दनुुवारलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख रोशन खड्काले बताएका छन् ।
वृत्त प्रमुुख खड्काका अनुसार रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय दनुवारले शृंखलाबद्ध रुपमा चोरी तथा लुुटपाट गर्ने गरेको देखिएको छ । पक्राउ परेका दनुवारमाथि चोरीको अभियोगमा अनुसन्धान भइरहेको छ । वृत्त प्रमुख खड्काका अनुसार दनुुवारले पार्किङमा राखेको महँगो मूल्य पर्ने मोटरसाइकल चोर्ने, त्यही मोटरसाइकलमा राम्री युवतीहरूलाई लिफ्ट दिने र तिनै युवतीको रकम र मोबाइल लुट्ने गरेको गरेको देखिएको छ ।
यसरी लुुटेको मोबाइल बेचेर फेरि आफू प्रहरीको डीएसपी भन्दै दनुुवारले उक्त मोबाइल फिर्ता लिने गरेको समेत अनुुसन्धानबाट खुल्ला आएको वृृत्त प्रमुख खड्काले बताएका छन् । लकडाउनको बेला सवारीसाधन नचलेको फाइदा उनले उठाएको र युवतीलाई लिफ्ट दिएपछि चिया कफी खाउँ भन्दै उनले रेस्टुरेन्टमा लाने र युवती वाशरुम गएको मौका छोपेर उनले युवतीको मोबाइल र पर्स नै लुट्ने गरेको समेत अनुुसन्धानबाट खुुलेको छ ।