कालिकोट । कालिकोटको तिलागफा नगरपालिका -४ को वडा अध्यक्षमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का उम्मेदवार खड्कबहादुर शाही विजयी भएका छन् । उनले १४३ मत ल्याएर वडाध्यक्षमा बिजयी भएका हुन। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत प्राप्त गरेकी थिइन।
नेकपा एमालेले ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसबाट पैरबहादुर शाहीले ४९ राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले १७ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाहीले ५ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रले ०७९ को स्थानीय तहको निर्वाचनमा यस वडामा जितेको थियो । ६ सय ९ मतदाता रहेकामा ४११ मत खसेको थियो। त्यस्तै ४ मत बदर भएको थियो ।