काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक)मा १४ अर्ब ३५ करोड ८६ लाख ९६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीले नौ लाख ९८ हजार पाँच सय ९६ वटा बीमालेख जारी गरी सो रकम बीमाशुल्क सङ्कलन गरेका हुन् ।
चार महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले ६० हजार सात सय ५४ वटा बीमालेख जारी गरी ७८ करोड ६८ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले भने १४ हजार एक सय २३ वटा बीमालेख जारी गरी ९२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ७४ हजार सात सय ६३ वटा बीमालेख जारी गरी ६१ करोड ४९ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
नेसनल इन्स्योरेन्स कम्पनीले पनि नौ हजार चार सय ६७ वटा बीमालेख जारी गरी ४९ करोड तीन लाख ९३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ९५ हजार सात सय ६७ वटा बीमालेख जारी गरी कुल एक अर्ब १५ करोड २७ लाख ४५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रभु इन्स्योेरेन्स कम्पनीले ४१ हजार नौ सय ६१ वटा बीमालेख जारी गरी ६२ करोड ७५ लाख ३१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीले ९८ हजार एक सय ८५ वटा बीमालेख जारी गरी एक अर्ब ४१ करोड तीन लाख एक हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ६४ हजार तीन सय २० वटा बीमालेख जारी गरी ९४ करोड १९ लाख ५० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ८१ हजार ३० वटा बीमालेख जारी गरी एक अर्ब १४ करोड ९८ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले ४० हजार छ सय ४६ वटा बीमालेख जारी गरी ७७ करोड ९३ लाख ३८ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ९९ हजार चार सय २४ वटा बीमालेख जारी गरी एक अर्ब ४६ करोड २६ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनील ९१ हजार सात सय ७३ वटा बीमालेख जारी गरी एक अर्ब १३ करोड ४९ लाख १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६७ हजार सात सय १७ वटा बीमालेख जारी गरी एक अर्ब १३ करोड ४९ लाख १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ५७ हजार तीन सय पाँचवटा बीमालेख जारी गरी ८४ करोड एक लाख ८४ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार लघुबीमातर्फ चार महिनामा एक लाख एक हजार तीन सय ६१ वटा बीमालेख जारी गरी २६ करोड १४ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले ३० हजार छ सय ६२ वटा बीमालेख जारी गरी सात करोड ९० लाख २० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यसपछि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २२ हजार नौ सय ३८ वटा बीमालेख जारी गरी छ करोड ४१ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले २६ हजार सात सय ६९ वटा बीमालेख जारी गरी पाँच करोड ८९ लाख १० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले २० हजार नौ सय ९२ वटा बीमालेख जारी पाँच करोड ९३ लाख २० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।