काठमाडौं । रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । यस बजाज माइलेज च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी भएका थिए ।
माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किमि प्रतिलिटरको प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै, ९४ किमि प्रतिलिटरको प्रदर्शनका साथ मुकेश कुमार शाह दोस्रो भए भने ९० किमि प्रतिलिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो भए । यस माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेका थिए ।
पछिल्लो समय पेट्रोलीय पदार्थको मूल्यवृद्धि भएसँगै ग्राहकलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताए । सय सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनले जानकारी दिए । नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिएको उनको भनाइ थियो । च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।