काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपाल क्रिकेट संघ (क्यान)सँग नेपाल प्रिमियम लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदारको रूपमा सहकार्य गरेको छ ।
काठमाडौंमा आयोजित एक विशेष समारोहमा यो साझेदारीको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल लिउ, क्यानका सचिव पारस खड्कालगायत दुवै संस्थाका उच्च पदस्थ अधिकारीहरू, राष्ट्रिय वितरकहरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । यो साझेदारीले भिभोको खेलकुद क्षेत्रप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको जनाइएको छ ।
प्रतियोगिताको अवधिभर भिभोले विभिन्न डिजिटल तथा भौतिक गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ । यसमा अन्तरक्रियात्मक प्रतियोगिता, प्रविधि प्रदर्शनी तथा दर्शकमैत्री कार्यक्रमहरू समावेश छन् । एनपीएलका नियमित अपडेट, विशेष सामग्री तथा प्रतियोगिताहरूका लागि भिभो नेपालका आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्महरू फलो गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । ‘हिमालयको महोत्सव’को रूपमा चिनिने यो प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।