बेइजिङ । शनिबार जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता संख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको छ । यसले देशका विभिन्न उद्योगहरूमा जेनेरेटिभ एआई–सञ्चालित स्तरवृद्धिहरूको व्यापकरूपमा अपनाइने कुरालाई प्रकाश पारेको छ ।
चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सीएनएनआईसी)द्वारा जारी जेनेरेटिभ एआईको विकाससम्बन्धी प्रतिवेदनअनुसार चीनले यस क्षेत्रमा चार हजार पाँच सयभन्दा बढी सम्बन्धित कम्पनीहरूसँग तुलनात्मकरूपमा व्यापक एआई उद्योग इकोसिस्टम निर्माण गरेको छ ।
हाल चीनमा छ सय अर्ब युआन मूल्यको मुख्य क्षेत्रको साथ देशको जेनेरिक एआई उद्योग फस्टाउँदैछ । यहाँ जुलाई सन् २०२४ सम्ममा एक सय ९० भन्दा बढी जेनेरेटिभ एआई मोडेलहरू दर्ता भएका थिए । यसले प्रयोगकर्ताहरूलाई विभिन्न विकल्पहरू र अनुकूल अनुभवहरू प्रदान गर्दछ ।
जुलाई सन् २०२४ मा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पारित गरिएको प्रमुख सुधार प्रस्तावले पनि देशले जेनेरिक एआईको विकास र व्यवस्थापनको लागि संयन्त्रमा सुधार गर्ने बताएको छ । रासस÷सिन्ह्वा