काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन ओरालो लागेको नेप्से परिसुचक आज सोमबार भने १९ दशमलव ९७ अंकले उकालो लागेर २७ सय ५८ दशमलव शुन्य चार बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको करोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ५० अंकले ओरालो लागेर चार सय ७१ दशमलव ७९ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको एक लाख तीन हजार चार सय ८१ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् ।