बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्ता भएको छ । वार्ता पछि नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
वार्ताअघि चिनियाँ जनमुक्ति सेनाले प्रधानमन्त्री ओलीको सम्मानमा ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । चीनका राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री ओलीले आजै भेटवार्ता गर्नेछन ।
चीनको औपचारिक भ्रमणमा प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल हिजो बेइजिङ आइपुगेको हो ।भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद, मुख्यसचिवसहित विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत सहभागी छन ।