काठमाडौं, असार २८
लायन्स क्लबले काठमाडौँको न्यू रोडस्थित ताम्राकार कम्प्लेक्समा शुक्रबार एक बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहान १० बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म सम्पन्न भएको थियो । कार्यक्रममा कुल ५१ पिन्ट रगत संकलन भएको थियो जसमा ४० पुरुष र ११ महिलाले रक्तदान गरेका थिए । देश कोरोना भाइरसको महामारीसँग जुझिरहेको बेला कोरोनाकै त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुनथालेको छ ।
कोरोना भाइरसको सुरक्षाको निम्ति सरकारले सुरु गरेको लकडाउनपश्चात् सम्पूर्ण रक्तदान कार्यक्रमहरु स्थगित छन् । रक्तदान गर्न इच्छुक व्यक्तिहरु पनि यस भाइरसको जोखिमले त्रसित छन् । यसैबीच रगतको अभावको समाधान खोज्ने दृष्टिकोणले लायन्स क्लबले संक्रमणको जोखिमलाई विशेष ध्यान दिई सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।