काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ ।
लुम्बिनी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ताहरू, विभागीय प्रमुख, एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए । साथै, स्किमा व्यवस्था भएअनुरूप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनोट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा लुम्बिनी प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याइएको र नेपालभरबाट तीन सय जनाभन्दा बढी अभिकर्ताहरू छनौट भएकोमा लुम्बिनी प्रदेशबाट मात्रै ५५ जना अभिकर्ताहरू छनौट हुन सफल भएकाले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरूका बारेमा विस्तृत छलफल गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्षरूपमा जोडी अन्तक्र्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकाले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनुपर्ने सुझाव दिएका थिए ।