काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन झण्डै २० अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १७ दशमलव ८० अंकले उकालो लागेर २७ सय ७५ दशमलव ८५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव ५८ अंकले ओरालो लागेर चार सय ७१ दशमलव २१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको ८८ हजार सात सय ७५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ८१ लाख ६० हजार छ सय ३४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने फाईनान्स, जलबिद्युत, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् ।