काठमाडौं ।अमेरिकाका सहायक विदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्नुहुने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउन लागेका हुन । मङ्गलबारदेखि साताव्यापी दक्षिण एसिया भ्रमणमा निस्कनुभएका लु अर्को साता नेपाल आइपुग्नुहुने जनाइएको छ ।
नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नुहुने कार्यसूची छ । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले नेपालको वातावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका लागि सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्नुहुने विदेश मन्त्रालयले स्पष्ट पारेको छ । अमेरिका–नेपाल सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउन नेपालका युवा नेतृत्वसँग पनि परामर्श गर्नुहुने छ ।