काठमाडौं, असार २८
नेपाल बंगलादेश बैैंकमा सञ्चालक परिवर्तन भएको छ । यसअघि आईएफआईसी बैंक बंगलादेशकातर्फमा बैंकमा सञ्चालक समितिको अध्यक्ष रहेका जलाल अहमदको ठाउँमा एआरएम नजबुस शकिवलाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ । आईएफआईसीले अहमदको ठाउँमा शकिबलाई नियुक्त गरेर पठाएपछि बैंक सञ्चालक समितिको यही असार २४ गते बसेको सञ्चालक समितिको तीन सय ५६औं बैठकले शकिबलाई समूह क को तर्फबाट सञ्चालकमा नियुक्त गरेको जानकारी दिएको छ ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब १४ करोड १० लाख ३३ हजार एक सय २० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब छ करोड ६० लाख १० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ४५ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ५३ अर्ब ३१ करोड ४९ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब द्ध करोड चार लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ५५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ निक्षेप संंकलन गरी ५२ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।