विराटनगर । क्वालिटी थाई फुड्सले आफ्नो पछिल्लो उत्पादन ‘के मज्जा’ ब्रान्डको चाउचाउ बजारमा ल्याएको छ । क्वालिटीले श्रीराचा सस्थाई स्वादमा यो चाउचाउ बजारमा ल्याएको जनाएको छ ।
पहिलो पटक नेपालमा उत्पादन गरेको श्रीराचासस्लाई थाई स्वाद तथा अन्तर्राष्ट्रिय बजारमा उत्तम क्वालिटीको सस् मानिएको कम्पनीको भनाइ छ । यसैगरी यो चाउचाउ अन्यको तुलनामा सस्तो भएको समेत कम्पनीले दाबी गरेको छ । नेपालमा चलेका ६०, ७५ र १०० ग्रामका चाउचाउको मूल्यको तुलनामा यो ८० ग्राममा आएको ‘के मज्जा’को उपभोक्ता मूल्य ३० रुपैयाँ मात्रै रहेको कम्पनीले जानकारी दिएको छ । साथै, यो चाउचाउ चिकन र भेज दुवैको स्वादमा उपलब्ध हुनेछ ।
नेपाली बजारमा पछिल्लो समय आवश्यकताभन्दा बढी पिरोको मात्रा राखेर बजारीकरण गरी उपभोक्ताहरूलाई अस्वस्थ बनाइरहेको अवस्थामा कम्पनीले उपभोक्ताको स्वास्थ्यलाई समेत ध्यानमा राखेर आवश्यक मात्रामा मात्रै पिरो राखिएको कम्पनीले दाबी गरेको छ । यसैगरी यो चाउचाउ तेलमा कम समय मात्र पकाएको हुनाले तेलमा पकाएको अन्य ब्राउन नुडल्सको तुलनामा बढी स्वथ्यकर हुने दाबी गरिएको छ ।