काठमाडौं, असार २८
ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले राजीनामा दिएका छन् । क्षेत्रीले दिएको राजीनामालाई बैंक सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । बैंक स्रोतका अनुसार प्रमुख कार्यकारी क्षेत्रीले केही साता पहिले नै पदबाट राजीनामा दिएका थिए । पेन्डिङमा रहेको राजीनामा बोर्डले बिहीबारमात्रै स्वीकृत गरेको हो । बैंकका अनुसार प्रमुख कार्यकारी क्षेत्रीले आफ्नो व्यक्तिगत कारण देखाउँदै केही समय पहिला नै राजीनामा दिएका हुन । प्रमुख कार्यकारी क्षेत्रीले राजीनामा दिएपछि बैंकका डेपुटी प्रमुख कार्यकारी महेश ढकाललाई कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिइएको छ ।