काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा विकास आनन्द नियुक्त भएका छन् । कम्पनीको यही मंसिर १७ गते बसेको ६६ औँ बैठकले आनन्दलाई नेपाल एसबीआई बैंक लिमिटेडको तर्फबाट सञ्चालकको रूपमा नियुक्ति÷मनोनित गरी पठाएबमोजिम सञ्चालकको रूपमा नियुक्त गरेको हो । सोही बैठकले आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको छ ।
आनन्द नेपाल एसबीआई बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत रही नेपाल एसबीआई बैंक लिमिटेडको केन्द्रीय सञ्चालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानुनलगायतका मामिला हेर्छन् ।
आनन्द सञ्चालकको रूपमा नियुक्त भएपश्चात् आनन्दले प्रचलित कम्पनी ऐनबमोजिम गोप्यता तथा इमान्दारिताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको सञ्चालकहरू राजेश कुमार पांडा, छपि राज पन्त, स्वतन्त्र सञ्चालक नन्दन हरि शर्मा, प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल तथा कम्पनीको कम्पनी सचिव खगेश्वर भट्टलगायतको उपस्थिति रहेको थियो ।