काठमाडौं । कजारिया टायल्स सर्वसुलभ मूल्यमा नेपालमा उपलब्ध रहेको कजारिया रमेश टायल्सले जनाएको छ । रमेश कर्प र भारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा नवलपरासीमा अत्याधुनिक उद्योग स्थापना गरेर कजारिया ब्रान्डको टायल्स उत्पादन भइरहेको छ ।
कजारिया रमेश टायल्स लिमिटेडले २०७९ सालदेखि नवलपरासीमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक उद्योग स्थापना गरेर उत्पादन सुरु गरेको हो । कजारिया टाइल्सको भारतबाट आयात गरी बिक्री वितरण गर्नेभन्दा नेपालमै उत्पादन हुन थालेपछि २० देखि २५ प्रतिशतले सस्तो भएको कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवालले बताए । साथै, नेपाली बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको र माग पनि दिन प्रतिदिन बढिरहेको उनले जानकारी दिए । उनका अनुसार कजारिया टायल्सको उत्पादन प्रक्रिया अत्याधुनिक प्रविधिको प्रयोगबाट अत्यन्त गुणस्तरीय र दीर्घकालीन टिकाउपनका लागि डिजाइन गरिएको छ । कजारिया टायल्स नेपाली बजारमा विभिन्न डिजाइन, रंग र आकारमा उपलब्ध रहेकाले निर्माण क्षेत्रको गुणस्तरमा सुधार ल्याउने विश्वास कम्पनीको रहेको छ ।
कजारिया टायल्स नेपालमै उत्पादन हुन थालेपछि निर्माण व्यवसायमा नयाँ युगको सुरुआत गरेको जनाएको छ । कजारिया टायल्सको सफलता नेपालको निर्माण उद्योगमा एक नयाँ बेन्चमार्क बनेको छ । हाल कजारिया ब्राण्डका ६००.६०० एमएम, ६००.१२०० एमएम साइजमा ग्लेज भिट्रिफाइड टायल्स र ४००.४०० एमएमका हेभी ड्युटी भिट्रीफाइड टायल्स उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको छ । कम्पनीले निकट भविष्यमा ३००.६०० एमएम र ३००.४५० एमएम सिरामिक्स टायल्स पनि छिट्टै नेपाली बजारमा ल्याउने जनाएको छ । हाल देशभर एक सयभन्दा बढी डिस्ट्रीब्युटर र डिलरबाट कजारिया टायल्स बिक्रीवितरण गरिरहेको छ भने निकट भविष्यमा आफ्नो बजारलाई आक्रामकरूपमा विस्तारको रणनीति बनाएको छ ।