काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएर जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ ।
पोखराको यो लगातार दोस्रो हार हो । यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।
जनकपुरका लागि श्रीलङ्कन खेलाडी मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा ४५ रन बनाएका हुन् । यस्तै जेम्स निसमले अविजितले २० बलमा ६ छक्काको सहयोगमा ४० रन बनाए । आशिफ शेखले ३३ र हर्ष थाकेरले १३ रन बनाए । बलिङमा पोखराका विपिन खत्री, मिचेल लिस्क र कुशल भुर्तेलले एक एक विकेट लिए ।
जनकपुरका ललित राजवंशीले २५ बलिङमा तीन विकेट लिए । जेम्स निसमले दुई तथा मोहमद निसम र किशोर महतोले एक विकेट लिए । आजै हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।