काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ पुर्जी जारी भएको छ । भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा प्रसाईँमाथि पक्राउ पुर्जी जारी भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यसभन्दा पहिले प्रसाईंकै निर्देशनमा झापाका हरिचन्द्र फुयाँलले धम्क्याएको भन्दै उजुरी परेपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको तथ्य खुलासा भएको थियो । फुयाँल र प्रसाईंबीच पनि १०० पटकभन्दा बढी फोन कल देखिएको तथ्य खुलासा भएको थियो ।