काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ टिभीहरूमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर ल्याएको छ । कम्पनी नेपाल प्रिमियर लिग सञ्चालन भइरहेको अवसरमा यो अफर ल्याएको हो ।
यस अफरमा क्युएलईडी टिभी, क्रिस्टल युएचडी ४के टिभीहरू र एफएचडी टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ । ग्राहकहरूलाई १२ महिनाको अवधिमा शून्य प्रतिशत व्याजदरमा नयाँ टिभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा–फाइनान्स सेवा पनि समावेश रहेको कम्पनीले जनाएको छ ।
यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन् । साथै, कम्पनीको एक्सचेन्ज पार्टनर आर्कोस्टोरमा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ ।