काठमाडौं । लक्ष्मी प्रिमियम मोटर्सले सात करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी बिक्री गरेको छ । कम्पनीले बीएमडब्लु एक्स७ एक्सड्राईभ ४०आईलाई नेपाल ल्याएको एक हप्ताभित्र बिक्री गरेको हो ।
कम्पनीका अनुसार यो मोडल कात्तिक २९ मा नेपाल आयात गरिएको थियो । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुती, सुरक्षा, शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो । यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रूचिलाई प्रष्टरूपमा उजागर गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विएमडब्लु एक्स७ एक्सड्राइभ ४०आईको छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको कम्पनीको दाबी छ ।