काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव माओवादी विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
पुनकी पत्नी सविना स्वर्णलक्ष्मीमा लेखा समिति सदस्यको रूपमा आवद्ध थिइन् । पुनकी पत्नी सविना आले मगरविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौंले सो सहकारीको अपचलनबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ ।