झापा । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । चन्द्रगढी विमानस्थलमा प्रम ओलीलाई कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रधानमन्त्रीले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने जानकारी दिए ।
व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम रहेको प्रजिअ बाँस्तोलाले बताए ।