मलेखु (धादिङ) । भारतीय ग्यास बुलेट चितवनबाट काठमाडौँतर्फ आउदै गर्दा धादिङमा दुर्घटना भएको छ । आइतबार बिहान पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा दुर्घटनामा परी बुलेट सडकबाट तल खसेको छ ।
अहिले उद्धार कार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । घाइतेहरु कोही पनि भेटिएका छैनन। सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ । चालक र सहचालकको खोजी भइरहेको छ ।
आवश्यक सतर्कता अपनाउन सो क्षेत्र नजिकैका वासिन्दालाई अनुरोध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जानकारी दिए ।