काठमाडौं । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रास्वपाका करिब एक दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिइएको र केही समयपछि उनीहरूलाई छाडिने जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए । अहिले झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । दमकको प्रहरी कार्यालयमा पनि १०र१२ जनालाई नियन्त्रणमा लिएर राखिएको उनले बताए । दुई दिनका लागि आइतबार गृहजिल्ला झापा गएका प्रधानमन्त्री ओलीलाई आइतबार झापाको मेचीनगर इटा भटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् ।