काठमाडौ । नेपाल सेरामिक इन्डस्ट्रीले नेपाल प्रिमियर लिग (एनपीएल)को टीम जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरमा सम्झौता गरेको छ । सम्झौतामा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठ र नेपोभिट टाइल्सका अध्यक्ष शम्भुनाथ झाले हस्ताक्षर गरेका छन् ।
नेपाल सेरामिक इन्डस्ट्रीले नेपोभिट टाइल्स उत्पादन गर्दै आएको छ । सोही कम्पनीको नेपोभिट टाइल्सले जनकपुरको टिम जनकपुर बोल्ट्ससँग डेकोर पार्टनरमा सम्झौता गरेको हो । नेपोभिट टाइल्सका अध्यक्ष शम्भुनाथ झाले नेपोभिट टाइल्सलाई जनकपुर बोल्टसँग जोड्न पाउनु सम्मानको विषय भएको बताए । यस्तै, जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठले नेपोभिट टाइल्सलाई डेकोर पार्टनरको रूपमा पाउँदा खुसी लागेको बताए ।