काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
एशोसियसनको शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मत मध्ये ४५ मत ल्याएर बिजय हुँदा उनका प्रतिद्धन्दी तिमिल्सिनाले ४३ मत ल्याएका थिए । एसोसीएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वाििचत भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका भएका छन् ।