काठमाडौं । मुुलुकको अर्थतन्त्र पूर्णरुपमा चलायमान हुन नसक्दा यसको असर बीमा क्षेत्रमा पनि देखिएको छ । कुनै पनि किसिमको घटना, दुर्घटना वा भवितव्यबाट पर्नसक्ने आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ जीवन बीमा गर्ने गरिन्छ । तर, पछिल्लो समय महँगी उच्च हुँदा बचत न्यून भइरहेको छ । यो अवस्थामा आम्दानीको ठूलो हिस्सा दैनिक उपभोयग्य वस्तुको खरिद र शिक्षा स्वास्थ्यमा खर्च गर्नुपर्दा मानिसहरुको बचत गर्ने क्षमतामा कमी आएको छ । यही कारण बीमा पोलिसी खरिद गरेका अधिकांश व्यक्तिले नियमित किस्ता तिर्न नसक्दा बीमा त्याग (सरेन्डर) गर्नेहरुको संख्या उच्च देखिएको छ ।
बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्र्थिक वर्षको पछिल्लो चार महिनामा चार अर्ब ८२ करोड ४६ लाख ६० हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । गत कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले जारी गरेको कुल बीमालेखमध्ये ३५ हजार नौ सय ८५ जना बीमितले झण्डै पाँच अर्ब रुपैयाँबराबरको बीमा त्याग गरेका हुन् ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीमा मात्र ३७ करोड ४१ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । यसैगरी नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि २९ करोड ३१ लाख रुपैयाँबराबरको बीमा त्याग हुुँदा नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीमा एक अर्ब ३७ करोड रुपैैयाँबराबरको बीमा त्याग भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडमा भने बीमितले एक अर्ब ५७ करोड रुपैयाँबराबरको बीमा त्याग गरेका छन् । मेट लाइफ इन्स्योरेन्स कम्पनीमा पनि चालू आवको कात्तिक मसान्तसम्ममा १३ करोड रुपैयाँबराबरको बीमा त्याग हुँदा एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा २७ करोड ९६ रुपैयाँबराबरको बीमा त्याग भएको छ ।
प्राधिकरणका अनुसार आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चालू आवको पछिल्लो चार महिनामा छ करोड ५४ लाख रुपैयाँबराबरको बीमा त्याग हुँदा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई करोड २९ रुपैयाँबराबरको बीमा त्याग भएको छ । यसैगरी रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पछिल्लो अवधिमा तनि करोड ६३ लाख रुपैयाँबराबरको बीमा त्याग हुँदा सिटिजन लाइफ इन्योरेन्स कम्पनीमा छ करोड ५२ लाख रुपैैयाँबराबरको बीमा त्याग भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा भने चालू आवको पछिल्लो अवधिमा २३ करोड ११ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी पनि चालू आवको पछिल्लो चार महिनामा नौ करोड ३१ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । प्राधिकरणका अनुसार चालू आवको पछिल्लो अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा भने २२ करोड ७४ लाख रुपैयाँबराबरको बीमा त्याग भएको छ । यसैगरी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा पनि पाँच करोड ४९ रुपैयाँबराबरको बीमा त्याग भएको छ ।