काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा मंगलबार बिहान कबाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको छ ।
आगलागीको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको तर आगो नियन्त्रणमा आइनसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए । जस्तापाताका टहराहरु आगलागी भएको स्थानमा बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको उनको भनाइ छ । उनले स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।
तीन वटा दमकल आएर आगो निभाउने प्रयास भइरहेको र करिव करिव आधा जति आगाृ निभाइ सकिएकाृ उनले जानकारी गराए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।