काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै १३ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन छ दशमलव ३२ अंकले ओरालो लागेर २६ सय ६९ दशमलव ८२ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७५ अंकले ओरालो लागेर चार सय ५४ दशमलव ९१ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय तीन वटा कम्पनीहरुको ५२ हजार सात सय पाँच पटक शेयर किनबेच भएको छ । जसअनुसार ८७ लाख ६८ हजार पाँच सय ६६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ४१ करोड ३३ लाख २० हजार दुई सय ९० रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र व्यापार उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।