काठमाडौं । सामसङ नेपालले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक गरेको छ ।
इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडल क्षमताहरू एकीकृत गरी हरेक अन्तरक्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वान युआई ७ ले ठूलो छलाङ लिएको कम्पनीले जनाएको छ । पहिलेभन्दा बढी व्यक्तिगतताको लागि अपग्रेड गरिएको मोबाइल युजर एक्सपेरिएन्सको पहिलो झलक बेटा प्रोग्रामले प्रदान गरेको छ । यस्तै, एड्भान्स्ड लेखन सहायक टुलहरू (राइटिङ असिस्ट टुल)जस्ता ग्यालेक्सी एआई फिचरहरूमा वान युआई ७ ले बलियो अपडेटहरू ल्याएको छ । ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि पहिले नै उपलब्ध रहेको शक्तिशाली लेखन सहायक टुलहरूमा विस्तार भएको यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न, र स्वचालितरूपमा बुलेट पोइन्टहरूमा नोटहरू ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू प्रदान गर्ने जनाइएको छ ।
वान युआई ७को साथ अपग्रेड गरिएका कल सुविधाहरूले २० वटा भाषाहरूमा कल ट्रान्सक्रिप्टमार्फत सञ्चार र जडानको सीमाहरू पुस गर्छ । कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कलहरू स्वचालितरूपमा पछि सन्दर्भको लागि ट्रान्सक्राइब हुनेछ, यसले बहु–कार्य गर्दा म्यानुअल रूपमा नोटहरू लिनुपर्ने आवश्यकतालाई हटाउँछ । नयाँ सूचना प्रणालीमा आधारित वान युआई ७ का शक्तिशाली एआई फिचरहरू नयाँ लुकको साथ आएको छन् । यसमा इन्टरप्रेटरे, सङ्गीत, रेकर्डिङ, स्टपवाच जस्ता विभिन्न सुविधाहरूमा सान्दर्भिक गतिविधिहरू हाइलाइट गर्ने नाउ बार पनि समावेश छ । नाउ बारले डिभाइसलाई निरन्तर अनलक गर्ने आवश्यकतालाई कम गर्छ । आगामी ग्यालेक्सी एस सिरिजका डिभाइसहरूमा सपोर्ट हुने नाउ बारले लक स्क्रिन एक्सपेरिएन्सलाई रूपान्तरण गर्ने कम्पनीले जनाएको छ ।
यस्तै, पुनः डिजाइन गरिएको क्यामेरा युएक्सले एड्भान्सड सेटिङहरूमा थप सहज कन्ट्रोल दिने जनाइएको छ । क्यामेरा बटनहरू, कन्ट्रोलहरू र मोडहरूलाई प्रयोगकर्ताहरूका लागि आवश्यक सुविधाहरू फेला पार्न सजिलो बनाउन र क्याप्चर गरेको तस्बिर वा रेकर्ड गरेको भिडियोको स्पष्ट पूर्वावलोकन दिनको लागि पुनः सङ्गठित गरिएको छ । प्रो र प्रो भिडियो मोडहरूका म्यानुअल सेटिङको लेआउट पनि सरलीकृत गरिएको छ, यसले सुट गरिरहेको तस्बिर वा भिडियो खिच्दा फोकस गर्न सजिलो बनाएको छ ।
वान युआई ७को आधिकारिकरूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइसहरूसँग हुने जनाइएको छ । २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फङ्क्सन गरी थप एआई क्षमताहरू समावेश हुनेछ । आफ्नो ओएस अपग्रेडको नीति विस्तार गर्ने सामसङको प्रतिबद्धताअनुरूप यी अपडेटहरू विस्तारै अन्य ग्यालेक्सी उपकरणहरूमा पनि आउने कम्पनीले जनाएको छ ।